वार्ताको आह्वान गर्दै प्रधानन्यायाधीशको बार अध्यक्षलाई पत्र

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको लागि आह्वान गर्नुभएको छ ।

बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो । बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाउनुभएको थियो ।

प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार रहेको उल्लेख गर्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गर्नुभएको छ ।

उहाँले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाउनुभएको छ ।

Back to top button