प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनको निम्तो

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा गरेको छ ।

आज एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवेशनको निम्तो दिनुभएको हो ।

नेम्वाङले आफूहरुले पार्टी र अध्यक्षका तर्फबाट महाधिवेशनको निम्तो गरेको जानकारी दिनुभयो । जवाफमा देउवाले निम्तोका लागि धन्यवाद दिँदै आफू आउने जानकारी दिएको नेम्वाङले बताउनुभयो । महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ ।

Back to top button