प्रधानमन्त्री देउवालाई एमाले १० औं महाधिवेशनमा निमन्त्रणा

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा पत्र दिएको छ । आज एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवशेनको निम्तो दिनुभएको हो ।

नेम्वाङले आफूहरुले पार्टी र अध्यक्षका तर्फबाट महाधिवेशनको निम्तो गरेको जानकारी दिनुभयो ।

जवाफमा देउवाले निम्तोका लागि धन्यावाद दिँदै आफू आउने जानकारी दिएको नेम्वाङले बताउनु भयो । महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ । त्यसै अनुसार एमालेले देउवालाई निम्तो दिएको हो ।

Back to top button