८५ मिनेट अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी कमला ह्यारिसलाई

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई ८५ मिनेटका लागि राष्ट्रपतिको अधिकार प्राप्त भएको छ । केही समयका लागि यो अधिकार प्राप्त गर्ने पहिलो महिला ह्यारिस बन्नुभएको छ ।

राष्ट्रपति जो बाइडेन उपचारका लागि भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गर्नुभएको हो । राष्ट्रपति बाइडेनलाई नियमित क्लोनोस्कोपीकालागि एनेस्थेसिया दिइएका बेला हिजो ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गर्नुभएको हो ।

राष्ट्रपति बाइडेनका चिकित्सकले उपचारपछि जारी गरेको वक्तव्यमा उहाँ स्वस्थ रहेको र आफ्नो जिम्मेवारी निर्वाहका लागि योग्य रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिको जिम्मेवारी पाएका बेला ह्यारिसले ह्वाइट हाउसको वेष्ट विङ्गमा रहेको कार्यालयबाट जिम्मेवारी निर्वाह गरेको उहाँको कार्यालयले जनाएको छ। अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने ह्यारिस पहिलो महिला, पहिलो अश्वेत र दक्षिण एसियाली अमेरिकन महिला हुनुहुन्छ ।

Back to top button