एमाले उर्लाबारी वडा कार्यलयहरूको उद्वघाटन

उर्लावारी । नेपाल कम्युनिस्ट पार्टी एमाले उर्लाबारीका कमिटिका वडा कार्यलयहरू उद्वघाटन गरीएको छ । उर्लाबारी वडा नं.८ र वडा नं.९ नम्वरको वडाकमिटिका कर्यालयहरु उद्घाटन गरीएका हुन् ।

नेकपा एमाले प्रदेश।कमिटी सदस्य रूपेश खतिवडाको प्रमुख आतिथ्यता वडा नं ८ को कार्यलय उदघाटन गरीएको छ भने उर्लाबारी नगरपालिकाकी उप प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य लक्ष्मी भण्डारीको प्रमुख आतिथ्यतामा वडा नं ९ को कार्यलय उदघाटन भएको थियो । वडा नं ८ ले भने निर्वाचित नगर कमिटीका पदाधिकारीहरूलाई सम्मान पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रम वडा कमिटि सचिव शुनिल धिमालले सञ्चालन गर्नु भएको थियोे भने कार्यक्रममा पार्टीको प्रदेश कमिटीका नेता उमकान्त गौतम, पुर्व सांसद पर्तमान धिमाललगायतको उपस्थिति रहेको थियो।

Back to top button