नेकपा एसको वडा कमिटी गठन 

बेलबारी । नेकपा एकीकृत समाजवादी बेलबारी नगरपालिका २ नम्बर वडा कमिटी गठन गरिएको छ । आज लालभित्ति स्थित कबिर मन्दिरमा भएको भेलाले सरोज चेम्जोङको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मणि धन राई र गोपाल तामाङ चयन भएका छन् भने सचिवमा सान्ती देवी ढुङ्गाना चयन हुनु भएको छ ।  सहसचिवमा सुरेश श्रेष्ठ चयन हुनु भएको नगर अध्यक्ष भूपाल बस्नेतले बताउनु भयो । डेढ सय भन्दा बडी कार्यकर्ताको उपस्थितिमा वडा कमिटी गठन गरिएको हो ।
कमिटी नेकपा (एस)का केन्द्रीय सदस्य महेश रेग्मीको प्रमुख आतिथ्य तामा गठन गरिएको हो । नेकपा एसको बेलबारीको सबैभन्दा कमजोर वडाकारुपमा २ नम्बरलाई लिने गरिएको छ ।
यसै गरी आजै वडा पाटी कार्यालयको समेत उद्घाटन गरिएको छ ।

Back to top button