२२ एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ । त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा रहनु भएका वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

Back to top button