मोरङ कांग्रेसमा संस्थापन पक्ष कमजोर

विराटनगर । नेपाली कांग्रेस मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ ।१२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन्

मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठवटामा सभापति चयन गर्न शनिबार निर्वाचन भएको थियो । साँझदेखि नै मतगणना आरम्भ भएको थियो । आईतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित हुनु भएको छ । लामा सर्वसम्मत हुनुभएको हो । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन् । कन्हैयालाल सर्वसम्मत चयन हुनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ गंगा याक्खा र ‘ख’ जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित हुनुभएको छ । निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह विजयी भएका हुनु भएको छ । उहाँहरु सर्वसम्मत चुनिनिभएको हो । कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा निर्वाचित उहाँहरु देउवा पक्षकारुपमा चिनिनुहुन्छ ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ दिपक भगत र ‘ख’ मधुवाबु तिवारी विजयी हुनुभएके छ । । निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचति भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिनुभएको छ ।

घिमिरेका अनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल–कोइराला समूह दह्रो देखिएको छ । निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन् ।

मोरङ कांग्रेसका अनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले जानकारी दिएका दिनुभएको छ ।

Back to top button