महाधिवेशनको उम्मेदवारीबारे भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । उहाँले दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने हुनुभएको हो ।

पत्रकार सम्मेलनमा आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारी, रणनीतिबारे सार्वजनिक गर्ने रावलनिकट स्रोतले बतायो । उहाँले यसअघि अछाममा भएको एक कार्यक्रममा आफू अध्यक्षमा लड्ने बताउनुभएको थियो।

रावलले १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । पहिले पनि नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको थियो ।

एमालेको नवौं महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा उपाध्यक्ष पदका रावलले ११४३ मत ल्याएर विजयी हुनुभएको थियो ।

Back to top button