पेरिस सेन्ट जर्मेनबाट मेस्सीको पहिलो गोल

काठमाडौं । पार्क डे प्रिन्सेसमा गएराति सम्पन्न लिग वानको खेलमा दश खेलाडीमा सिमित बनेको घरेलु टोलि पिएसजीले नान्टेसमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।

पिएसजीको जितमा किलिएन एम्बाप्पे र लियोनल मेस्सीले एक–एक गोल गरे पनि एउटा आत्मघाति उपहार गोल पाएको थियो । नान्टेसका लागि रंडाल कोलो मुआनीले एक गोल फर्काउनु भएको हो । मेस्सीको यो पहिलो लिग वान गोल समेत हो ।

खेलको दोश्रो मिनटमा नै लियान्ड्रो डेनिएलको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाउनु भयो । उक्त गोलको मद्दतमा पिएसजीले नान्टेसमाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।

खेलको ६५औं मिनटमा लुडोभिक ब्लासमाथि गलत ट्याकल गर्दा पिएसजीको गोलकिपर केलर नाभास रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु भएको हो ।

खेलको ७६औं मिनटमा मुआनीले गोल गर्दै नान्टेसलाई खेलमा बराबरी गोल दिलाउनु भएको हो।

तर खेलको ८२औं मिनटमा डेनिस अपिआह्ले आत्मघाति गोल गर्दा पिएसजीले पुन खेलमा २–१ गोल अन्तरको अग्रता बनाउने मौका पायो।

यसपछि खेल सक्किन तिन मिनटको समय बाँकी रहँदा एम्बाप्पेल दिएको पासमा मेस्सीले गोल गर्दै पिएसजीलाई ३–१ गोल अन्तरको जित दिलानु भयो ।

जितसँगै निरन्तर जितको यात्रामा रहेको पिएसजी १४ खेलमा ३७ अंक जोड्दै शिर्ष स्थानमा बलियो पकड जमाउन सफल भएको छ ।

हार खेपेको नान्टेस १८ अंकका साथ ११औं स्थानमा रहेको छ ।

Back to top button