समाजमा मेलमिलाप कायम गर्ने कार्यभार अझै बाँकी छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजमा मेलमिलाप कायम गर्ने कार्यभार अझै बाँकी रहेको बताउनुभएको छ ।

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै उहाँले जनयुद्धका बेला भएका घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई मेलमिलाप कायम गर्ने काम बाँकी रहेको बताउनुभएको हो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि पीडितलाई परिपूरण र समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको उल्लेख गर्नुभएको छ ।

आजसम्मका राजनैतिक उपलब्धीहरुप्रति गर्व गर्दै कमीकमजोरीहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ ।

Back to top button