सुगम पोखरेल र रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’

काठमाडौं । गायक सुगम पोखरेल र गायिका रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’ रिलिज भएको छ । दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीको अभिनय रहेको छ । सिन्धुपाल्चोकको रमणीयस्थल सुकुटे आसपासका स्थानमा छायाँकन गरिएको भिडियोमा निर्देशन प्रहिल कार्कीले नै गर्नुभएको हो ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने आभेश बज्राचार्य छायाँकन रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गर्नुभएको हो ।

Back to top button