
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भवनको उद्घाटन गर्नुभएको हो । ९ करोडको लागतमा देवानगञ्ज गाउँपालिकाको ३ वटा हलसहित ३६ कोठे अढाई तल्ले भवन निर्माण गरिएको हो ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले वडा १ स्थित वीपी कोइराला पार्कको पनि उद्घाटन गर्नुभएको छ ।