ए डिभिजन लिग फुटबलमा विजयी शुरुवात गर्दै ब्रिगेड ब्वाइज क्बल

काठमाडौं । विभागीय टोली एफीएफ क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्बलले जारी सहदि स्मारक ए डिभिजन लिग फुटबलमा विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको लिग अन्तर्गत आफ्नो पहिलो खेलमा ब्रिगेडले एपीएफलाई ३–२गोल अन्तरले पराजित गर्दै शुखद् शुरुवात गरेको हो ।

ब्रिगेडको जितमा दिनेश राई एक्लैले दुई गोल गर्दा सुरज गुरुङले एक गोल गर्नुभएको हो । एपीएफको तर्फबाट आशिष लामा र बिकी तामाङले एक एक गोल गर्नुभयो।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ब्रिगेडले दुई गोल गर्दा एपीएफले एक गोल थप्यो ।

खेलमा शुरुवाती अग्रता ब्रिगेडले बनाएको थियो । खेलको १० औं मिनटमा दिनेशको गोलबाट ब्रिगेडले खेलमा अग्रता दिलाएपनि १६ औं मिनटमा आशिषले गोल गर्दै एपीएफलाई खेलमा फर्काउनु भएको हो।

खेलको ६३ औं मिनटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गरेसँगै ब्रिगेड २–१ ले अघि रहेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७६ औं मिनटमा एपीएफका बिकीले गोल गर्दै खेललाई पुनः बराबरीमा फर्काउनु भएको हो ।

तर खेलको इन्जुरी सयममा सुरजले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाउनु भयो । जितसँगै ब्रिगेडले लिगमा महत्वपूर्ण ३ अंक जोडेको छ । आजको खेलको म्यान अफ दी म्याच बिग्रेड ब्वाइजका रोशन राना मगर पाउनु भएको हो । ।

Back to top button