एमालेका उपाध्यक्ष भीम रावलद्धारा १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको हो ।

रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गर्नुभएको छ । ‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको केन्द्रीय कार्यालयका सबै कक्षहरु व्यस्त रहेकाले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नुपरेको बताउनुभएको छ ।

उम्मेदवारी घोषणाअघि पत्रकार सम्मेलनमा रावलले महत्वपूर्ण घोषणा पार्टी कार्यालयबाटै गर्न चाहे पनि सम्भव नभएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ,‘पार्टी केन्द्रीय कार्यालय थापाथलीबाटै घोषणा गर्न लागेको थिएँ, तर महाधिवेशनको व्यस्तताले सबै कक्षहरु खाली नभएपछि यो महत्वपूर्ण विषयको घोषणा रिपोर्टस क्लवबाट गर्नुपरेको हो ।’

Back to top button