बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

बैतडी ।बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनु भयो ।

जिपमा सवार रहेका सातमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताएउनु भयो। ।

प्रहहरीका अनुसारदुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते हुनुभएको छ । घाइतहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Back to top button