गर्भवती महिलाले पनि कोभिडविरुद्धको खोप पाउने

काठमाडौँ । गर्भवती महिलाले पनि कोभिडविरुद्धको खोप पाउने भएका छन् । सरकारले गर्भवती भएको तीन महिनापछि उक्त खोप उपलब्ध गराउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यस अघि उच्च जोखिमा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप वितरण गरेको थियो । महिलाहरूलाई उक्त खोप गर्भवती भएको पहिलो तीन महिना पछि दिन सकिने ,स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

परिवार कल्याण महाशाखाकाअनुसार दुई तिहाइ लक्षित जनसंख्यालाई यही पुस मसान्तसम्म खोप लगाउने लक्ष्य राखेको छ । बाँकी लक्षित समूहलाई आगामी चैत मसान्त सम्म खोप लगाउने योजना छ ।

महाशाखाले १८ वर्ष माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय, आफू बसोबास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गरी लगाउनलाई आव्हान गरेको छ ।

Back to top button