देशको राजनिति माओवादी केन्द्रकै वरीपरि छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक केन्द्रमा आफ्नो पार्टी रहेको दाबी गर्नुभएको छ ।

चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादी केन्द्रको वरीपरि नै घुमिरहेको दाबी गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म लैजानेबारे छलफल भइरहेको बताउनुभयो । राष्ट्रियसभा र प्रतिनिधिसभाको उपनिर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको बताउँदै गठबन्धनलाई सुदृढ बनाएर जानुपर्छ भन्नेमा एकमत रहेको बताउनुभयो ।

प्रचण्डले गठबन्धनकै बलले प्रतिगमन गर्ने केपी ओलीलाई बालुवाटारबाट गलहत्याएर बालकोट पुर्‍याउन सफल भएको बताउनुभयो । उहाँले चितवनमा आफू र माओवादी केन्द्र सिध्याउन एमालेले महाधिवेशन गर्न लागेको बताउनुभयो ।

एमालेको महाधिवेशनमा मलाई पनि वक्ताको रुपमा निम्तो आएको छ। तर, जाने वा नजानेबारे पार्टीमा छलफल गरि नसकेको बताउनुभयो ।

Back to top button