महिला टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल हङकङसँग पराजित

विराटनगर । महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

दुबईको आइसीसी क्रिकेट एकेडमीमा आज भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमा समेटीयो ।

जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी रहदै ६ विकेटको जित निकाल्न सफल भएको हो । नेपालका लागि सीता रानामगरको सर्वाधिक ४० रन र इन्दु बर्माको ३१ रनको योगदान रह्यो ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु, हङकङले नेपाललाई अतिरिक्तमा २७ रन दिएको थियो । हङकङका लागि बेट्टी चान र करी चानले एक/एक विकेट लिए ।

१०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङका मारिको हिलको अविजित ४३, करी चानको १७ र नताशाको १६ रनको योगदान रह्यो ।

Back to top button