त्रिभुवन आर्मी र नेपाल पुलिस बिचको खेल बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको त्रिभुवन आर्मी र नेपाल पुलिस बिचको खेल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

दुवै टिमले पहिलो हाफ गोलरहित खेलेपनि दोस्रो हाफमा आर्मी विरुद्ध पुलिसले अग्रता लिएको थियो । तर पुलिसको अग्रतालाई आर्मीले धेरैबेर टिक्न दिएन। पहिलो हाफमा दुबै टिमले गोलका सीमित मौका पाए पनि स्कोर गर्न सकेनन्।

खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमरुनले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलापनि १० मिनेट बित्न नपाउँदै आर्मीका विवेक बस्नेतले गोल गरेपछि खेल बराबरीमा आइपुग्यो ।

निर्धारित समयको ४ मिनेट बाँकी हुँदा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरे पनि उक्त गोल अफसाइड ठहरिदा आर्मी संभावित जितबाट चुक्न पुग्यो ।

Back to top button