खाद्य अधिकार नियमावली बारे विराटनगरमा छलफल

विराटनगर । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यन्वयन तथा नियमावली तर्जुमाबारे सरोकारवालाहरु विच आज छलफल सम्पनन भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयप्रदेश १ को आयोजना तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा सरोकारवालाहरु विच छलफल सम्पनन भएको हो ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकबहादुर चुवानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम प्रदेश १ मा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यन्वयनको अवस्थाबारे जानकारी गराइएको थियो ।

कार्यक्रमको अवसरमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनका विशेषता, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता (मस्यौदा) नियमावलीका आधारभूत विशेषता, संघीयताको सन्दर्भमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता,तीन तहका सरकारको दायित्व, ऐन कार्यन्वयनमा प्रदेश सरकारको प्रयास, उपलब्धी, चुनौति र अवसरबारे तयार पारिएका कार्यपत्रहरु समेत प्रस्तुत गरिएको थियो ।
त्यसैगरी उक्त ऐन कार्यन्वयनको अवस्था, प्राथमिकता र ऐन कार्यन्वयन मार्फत दिगो खाद्य प्रणालीको सुदृढिकरणका लागि रणनीतिक कार्यहरुको पहिचानबारे सहभागीहरुबीच छलफल समेत भएको हो ।

प्रदेश १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राम नन्दन तिवारी लगायतले ऐन कार्यन्वयन लगायतका बिषयमा सुझाव दिनु भएको थियो ।

Back to top button