४ वर्षीय वालिका बलात्कार गर्ने २४ वर्षीय भारतीय युवा पक्राउ

विराटनगर । ४ वर्षीय वालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

भारतको अररिया जिल्ला घर भई आफन्तको घर जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो । कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरबाट केही पर लोहान्द्रा खोलामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता दीपक श्रेष्ठले बताउनु भयो । पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरीरहेको श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालिकालाई कोशी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि रक्तश्राव नरोकिएपछि आफन्तले उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा लगेका मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रक्तश्राव रोकिएपछि अहिले पुनः कोशी अस्पतालमै पीडित बालिकाको उपचार भइरहेको छ ।

Back to top button