कांग्रेस मोरङमा दुई क्षेत्रमा सर्वसम्मत,४ वटामा चुनाव हुदैँ

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङका चारवटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिसहित पदाधिकारीको चुनाव आज हुँदैछ ।

६ वटा क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ र ५ मा भने सर्वसम्मत सभापति चयन भएका छन् । क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई क्षेत्र नम्बर ५ मा जवछ गच्छदार सर्वसम्मत भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताउनु भयो । ।
राईको घोषणा भइसके पनि गच्छदारको भने घोषणा हुन बाँकी रहेको कार्कीले जानकारी दिनुभयो । उहाँअनुसार क्षेत्र नम्बर ५ मा अहिले बिहान मात्रै सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।उत्त क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिको भने चुनाव हुने जनाएको छ ।

क्षेत्र नं. २ मा वर्तमान क्षेत्रीय सभापति नागश्वरप्रसाद सिंह र यज्ञ कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । सिंह कोइराला पक्षका र कार्की देउवा पक्षका रहेको जनाइएको छ । सहमतिमै नेतृत्व चयन गर्न भन्दै आज ११ बजे सम्मका लागि मनोनयनको समय थपिएको थियो । थपिएको समय सकिए पनि निर्वाचन भने थालिएको छैन । सो क्षेत्र रक्षामन्त्री मिनेन्द्र रिजालको क्षेत्र हो ।

क्षेत्र नं.३ मा वर्तमान सभापति गणेश खड्का, केशव दुलाल र राजेन्द्रप्रसाद ढकालले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिनुभएको छ । खड्का र दुलाल दुवैजना कोइराला पक्षको रहेको जनाइएको छ । ढकाल भने देउवा पक्षका नेतकारुपमा चिनिनु हुन्छ । । दुलाल सुजाता कोइरालाका पूर्व पीएसमेत भइसक्नु भएको छ ।

क्षेत्र नं ४ मा वर्तमान क्षेत्रीय सभापति विनोद बस्नेत र वसन्त हुमागाईंबीच प्रतिस्पर्धा हुँदैछ । बस्नेत कोइराला पक्षका नेताकारुपमा चिनिनु हुनछ भने हुमागाईं देउवा पक्षका रुपमा चिनिनुहुनछ

क्षेत्र नंमा ६ मा पनि संस्थापन पक्षबाट चेतराज रेग्मी र इतर पक्षका देवराज तामाङले मनोनयन दर्ता गाइसक्नु भएको छ ।

आजै मनोनयन दर्ता गरेर आजै निर्वाचन गर्ने तयारीमा निर्वाचन समिति जुटेको छ । सर्वसम्मत नभएका ठाउँमा मतदानबाट नेतृत्व टुंगाउने र आजै मतगणना गर्ने जनाइएको छ । मतदानको समय भने दिउँसो १२ बजेदेखि तोकिएको छ ।

Back to top button