आफु अध्यक्षमा उठ्ने टुङ्गो लागेको छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पदमा उठ्ने नउठ्ने टुंगो भइनसकेको बताउनुभएको छ । काठमाडौंमा आज सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले अहिलेसम्म आफूले निर्णय गरिनसकेको बताउनुभयो ।

 

मैले अहिलेसम्म उठ्ने नउठ्ने टुंगो गरिसकेको छैन, ओलीले भन्नुभयो, ‘मैले उठ्ने निर्णय गरेँ भने मलाई सर्वसम्मत छोड्न पनि पाइन्छ, नभए उठ्न पनि पाइन्छ। मैले कसैलाई नउठ भन्ने कुरा हुँदैन।’

भीम रावलको उम्मेदवारीबारे उनले आफूलाई चुनौति दिएको भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो ‘भीम रावलले चुनौति दिनुभएको होइन, सुझाव दिनुभएको हो।

आदर, सम्मान, माया, स्नेह देखाउनुभएको छ। बढी खट्नुभएको छ, थकाइ लाग्या होला आराम गर्नुहुन्छ कि ? म उठ्छु भन्नुभएको हो।’

तपाईको मनले खाएका वरिष्ठ उपाध्यक्ष र महासचिव को हो ? भन्ने पत्रकारको प्रश्नमा ओलीले जो निर्विरोध निर्वाचित हुन्छ अथवा सर्वाधिक भोट ल्याएर चुनाव जित्छ उही आफ्नो मनले खाएको वरिष्ठ उपाध्यक्ष र महासचिव हुने बताउनुभयो ।

Back to top button