प्रचण्डलाई झापामा महाधिवेशन गर्न ओलीको आह्वान

एमाले महाधिवेशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापामा महाधिवेशन गर्न आह्वान गर्नुभएको छ ।

प्रचण्डले एमालेले चितवन महाधिवेशन गरेर आफूलाई सिध्याउन खोजेको दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले भन्नुभयो ‘पछिल्लो पटक चुनाव लड्न चितवन जानुभयो।

रोल्पा, सिरहा, काठमाडौँ सबै उहाँले चुनाव लडेका ठाउँ। हामीले पार्टीको महाधिवेशन गरिरहेका छौँ। आउनुस् न झापामा आएर महाधिवेशन गर्नुस् ठाउँ खाली छ त।’

उहाँ त म चितवनबाट हिँडेको देख्नुभए पनि उहाँले मलाई सिध्याउन हिँड्यो भन्नुहुन्छ। चितवन उहाँकै मात्रै जिल्ला होइन होला नि ?’ उहाँले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पार्टी मान्न नसकेर महाधिवेशनमा निम्ता नगरिएको प्रष्ट पार्नुभयो ।

ओलीले पार्टीको रुपमा निम्ता गर्न नमिलेर नबोलाएको भन्दै पार्टीहरूलाई छानेर निम्तो नगरेको प्रष्ट्याउनुभयो ।

Back to top button