टी–२० महिला विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो

काठमाडौं । आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो। भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा सीता रानामगरले १७ रन जोड्नुभयो । उहाँले १३ बलमा २ चौका प्रहार गर्नु भएको थियो । कप्तान रूबिना क्षेत्री १० रनमा रनआउट हुनुभयो

इन्दू बर्माले नटआउट २६ रन जोडनुभएको थियोृ ।उहाँले २६ बल नै खेल्दा २ चौका हिर्काउनु भएको थियो

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोड्नुभयो अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न भने सक्नु भएन् ।

बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिनुभएको थियो । उहााले ४ ओभरमा १० रन खर्चिनु भयो। करुणा भण्डारीले १ विकेट हात पार्दा भुटानका दुई ब्याटर रन आउट हुनु भएको थियो ।

अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ।

छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले २–२ अंक जोडेका छन्।

यसअघि नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो।

छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

छनोटअघि नेपालले कतारसँग ३ खेलको टी२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो।

Back to top button