एमालेमा महाधिवेशन प्रतिनिधि बढाएर २२७९ पुर्‍याइयो

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो ।

त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बताउनु भयो । उहाँले पदेन प्रतिनिधि २३८, निर्वाचित प्रतिनिधि १८७९ निर्वाचित भैसकेको भन्दै महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६८ जना रहेको बताउनु भयो ।

महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन् । एमालेका अनुसार अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन् । त्यसमा मनोनित र चयन हुन बाँकी ६८ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने छन् ।

Back to top button