पूर्व मुख्यमन्त्री राईको निर्णय गर्ने क्षमता नभएकाले प्रदेशको नामाकरण गर्न सकिएन :मन्त्री आङ्बो

सोलुखुम्बु । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नामाकरण पूर्व मुख्यमन्त्री  शेरधन राईको निर्णय गर्ने क्षमता नभएकाले राख्न नसकिएको  बताउनु भएको छ ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आङ्बोले प्रदेशको नामकरण नहुनुमा तत्कालीन मुख्यमन्त्री राईको निर्णय गर्न सक्ने क्षमता कम हुनुका साथै तत्कालीन नेकपाका अध्यक्षको ठाडो हस्तक्षेप रहेको आरोप लगाउनु भएको छ । आङ्बो तत्कालीन मुख्यमन्त्री राईको मन्त्रिमण्डलमा पनि आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो।
उहाँले आगामी हिउँदे अधिवेशनमा सबैलाई आत्मसात् गर्ने प्रकारको नाम राखिने बताउनु भयो ।  पहिचानलाई सम्बोधन गर्ने प्रकारको नाम राख्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहयोग गर्न आग्रह गर्ने समेत उहाँको भनाइरहेको छ ।  प्रदेशको नामकरण नगरे अर्को चुनावमा जनताले कारबाही गर्ने समेत मन्त्री आङ्बोले बताउनु भयो ।

Back to top button