बसले स्कुटरलाई ठक्कर दिँदा मंगलवार अखिल क्रान्तिकारीका नेताको मृत्यु

तनहुँ ।तनहुँको डुम्रे बेंसीशहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा मंगलवार अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ ।

गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनु भयो ।

मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक हुनुहुन्थयो । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारीसाधन र बसको चालकलाई नियन्त्रणमा लिएको छ ।

Back to top button