कञ्चनजंघा पदमार्गमा स्नो पोल गाडिँदै

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाड्न सुरु गरिएको छ। स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल गाड्न थालिएको हो।

यस्तै कञ्चनजंघाको पर्यटकीय पदमार्गमा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनी अनुमान गर्न सहज हुने बताइएको छ।

Back to top button