एमालेको १० औं महाधिवेशनका लागि ११ सदस्सीय अध्यक्ष मण्डल गठन

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहनुभएको छ ।

यस्तै महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ।

यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि हिजो बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको छ । सचिव पृथ्वी सुब्बा, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । एमाले महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ ।

Back to top button