कालो मास्क लगाएर वकिलहरुको प्रदर्शन

काठमाडौं । नेपाल बार एसोसिएसनको आह्वानमा वकिलहरुले आज कालो मास्क लगाएर विरोध प्रदर्शन गरेका छन् । आन्दोलनमा सहभागी हुने वकिलहरुको संख्या निकै कम हुँदै गएपनि बारले धर्नासहितको प्रदर्शन भने जारी राखेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका हुन्। वकिलहरु आज कालो मास्क लगाएर बार कार्यालयबाट नाराबाजीसहित सर्वोच्च अदालत परिसरमा गएर धर्नामा बसेका छन् ।

आन्दोलनकारी न्यायाधीशहरु प्रधानन्यायाधीशसँग सहमति गरेर काममा फर्किएपछि बारको आन्दोलन कमजोर बन्दै गएको छ।

Back to top button