मूल्यबृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई विद्यार्थीको ज्ञापनपत्र

काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै उद्योग मन्त्रालय समेत सम्हाल्दै आउनुभएका प्रधानमन्त्री देउवालाई आज बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउने क्रममा मूल्यवृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने भन्दै विद्यार्थी संगठनका नेताहरूलाई ढुक्क रहन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिनुभएको छ । ज्ञापन–पत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही ,मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गर्नुभएको छ ।

Back to top button