तेह्रथुममा मेयरले धाने देउवाको इजत

तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा अर्जुन तुम्वाहाङ्फे निर्वाचित हुनुभएको छ ।
सभापतिमा तुम्बाहाङ्फेले ४५० मत प्राप्त गरेका छन उहाँका प्रतिद्वन्द्वी कमल ढुङ्गानाले २३६ प्राप्त गर्नु भएको थियो ।

२१४ मतान्तरले निर्वाचित भएका तुम्वाहाङ्फे संस्थापन पौडोल कोइराला पक्षका नेताका रुपमा चिनिनु हुन्छ ।
तेह्रथुममा संस्थापन इतर समुहको प्यानल नै विजयी भएको छ

उपसभापतिमा मचिन्द्र लिम्बु र शिवप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । । सचिवमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल निर्वाचित हुनु भएको छ भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्वाहाङ्फे निर्वाचित हुनु भएको छ ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ तुलसी सुब्बा, केदार ढुङ्गाना, गणेश बिमली, सन्तोष सुब्बा, केशब भेटुवाल, बिजय सम्बाहाङ्फे, उद्धव तिम्सीना, भीष्म थपलिया, अर्जुन मावोहाङ र हरी डाँगी निर्वाचित हुनुभएको छ ।

खुल्ला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गितादेवी तिम्सीना गौतम, सनिसा भेटुवाल, शुसिला खड्का कार्की र शारदा देवी कोइराला निर्वाचित भएका छन् । खुल्ला आदिबासी जनजाति समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कमल सुब्बा, टेकराज तिगेला र रुद्र कन्दङवा निर्वाचित हुनुभएको छ ।

खास महिला समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तिला पोख्रेल निर्वाचित हुनु भएको छ । खस पुरुष समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तेजबहादुर कार्की र भिमबहादुर थापा निर्वाचित हुु भएको छ ।

आदिवासी, जनजाति, महिला, समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जानुका लिम्बु सेर्पा, बसन्ती गुरुङ र राधा प्रधान निर्वाचित हुनु भएको छ । अपांग समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कृष्णप्रसाद सुवेदी (९रूपक) र दलित समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामकृष्ण लकान्द्रि निर्वाचित हुनु भएको छ ।

जिल्लाको कुल ७३३ मतमध्ये ७०६ मत खसेको थियो । जसमध्ये ४०५ सदर र ३ मत बदर भएको निर्वाचन सहायक अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिनु भयो

महाधिवेशन प्रतिनिधिमा लालीगुराँस नगरपालिकाका मेयर अर्जुन मावोहाङ मात्रै सस्थापन पक्षमा खुल्नु भएको छ भने अन्य सवै इतर समुहमा हुनुहुन्छ ।

Back to top button