एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जादैँहुनुहुन्छ । अध्यक्ष ओली बिहान ११ बजे चितवन जाने सचिवालयले जनाएको छ।

यस्तै सचिवालयका अनुसार अध्यक्ष ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलिबाट तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ ।

नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्। हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे पुगिसक्नुभएको छ ।

Back to top button