अस्मिता अधिकारी र आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’

काठमाडौं । अस्मिता अधिकारी र आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेकोे उक्त गितमा सङ्गीत संयोजन गोपाल रसाइलीले गर्नुृभएको हो।

भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । दीपक घिमिरे र पूजा ठाकुरको रोमान्टिक अभिनय भिडियोमा रहेको छ। बुद्ध थापाको छायाङ्कन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीले निर्देशन गर्नुभएको हो।

 

Back to top button