एफसी पोर्टोलाई हराउँदै लिभरपुल

काठमाडौं । एफसी पोर्टोलाई हराउँदै लिभरपुलको च्याम्पियन्स् लिगमा शत प्रतिशत जितको यात्राले निरन्तरता पाएको छ ।

एन्फिल्डमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलले पार्टोमाथि २–० गोल अन्तरको सहज जित निकालेको हो ।

लिभरपुलको जितमा थियागो अल्कान्तरा र मोहमद सलाहले एक एक गर्नुभएको हो ।

लिभरपुल खेलको कुनै पनि समयमा पोर्टोमाथि हावि भने नदेखिएपनि खेलमा दुई गोल गर्दै समूह बी अन्तर्गत लगातार पाँचौ जित निकाल्न सफल बन्यो ।

खेलको ५२औं मिनटमा थियागोले २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा लिभरपुलले १–० को अग्रता बनाएको थियो ।

खेलको ७०औं मिनटमा जोर्डन हेन्डर्सनको पासमा सलाहले गोल गर्दै लिभरपुललाई २–० गोल अन्तरको सहज जित दिलाउनु भएको हो ।

लगातार पाँचौ जित निकालेको लिभरपुल १५ अंकका साग समूह बीको शिर्षमा छ । लिभरपुलले यसअघि नै नकआउट चरणमा स्थान बनाईसकेको छ ।

अर्कोतर्फ यस समूहमा रहेका बाँकी तीन टोलि पोर्टो,एसी मिलान र एट्लेटिको मड्रिडमध्ये अन्तिम १६ मा पुग्ने टोलिको ट्ङ्गो अन्तिम चरण्को खेलबाट लाग्नेछ

Back to top button