जातीय विभेद र बढ्दो महिला हिंसाको बिषयमा लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने

काठमाडौं । समाजमा हुने जातीय विभेद र बढ्दो महिला हिंसाको बिषयमा लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । अमिर बरालको निर्देशन रहने फिल्म नारायणी फिल्मस्को ब्यानरमा बन्न लागेको हो । सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य अभिनय रहने फिल्ममा बालकलाकार आदित्य ढुङ्गानाको समेत अभिनय रहनेछ ।

निर्देशक बरालकै कथामा अंगत श्रेष्ठको पटकथा सम्वाद रहेको फिल्ममा रवि कोइरालाको छायाँकन गर्नुभएको हो । फिल्मको छायाँकन झापा र चितवनमा हुने निर्देशक बरालले बताउनु भएको हो ।

Back to top button