कुन पदमा उठ्ने भन्ने अझै टुंगो लागेको छैन : बादल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले अहिलेसम्म आफू कुन पदमा उठ्ने भन्ने टुंगो नलागेको बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो , ‘हामी अहिलेको महाधिवेशनमा सकेसम्म एकताको सन्देश दिनको लागि सर्वसम्मतको प्रयासमै छौँ। त्यसैले अहिलेसम्म कुन पदमा उठ्ने भन्ने टुंगो लागेको छैन।’

भोलीबाट सुरु हुने महाधिवेशनको लागि चितवन पुग्नुभएका बादलले भोलिसम्मको परिस्थिति हेरेर आफ्नो उम्मेदवारीको विषय टुंगो लाग्ने प्रष्टयाउनुभयो ।।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतको प्रयास गरिरहेको बेलामा नेताहरूको तीव्र आकांक्षाले परिस्थिति मोडिने संकेत देखिएको छ। पूर्व माओवादी केन्द्र धारका नेता बादलले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेको छ।

Back to top button