सभापतिमा उम्मेदवारी घोषणा : विमलेन्द्र निधि

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । थापागाउँस्थित बानेश्वर ब्यांकेट आज पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’

नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्न आवश्यक रहेको र त्यो पूरा गर्नकै लागि आफूले सभापति पदमा उम्मेदवारी दिएको पनि प्रष्ट पार्नुभयो ।

साथै उहाँले आगामी निर्वाचनमा कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउँदै आफूले सभापति जितेमा पार्टी कस्तो हुनेछ भनेरसमेत खाका प्रस्तुत गर्नुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुन गइरहेको छ।

Back to top button