आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक

काठमाडौं । आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा कुशल कुमार खनालको शब्द तथा संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । कुन्साङ बोम्जन, बिना राउत, दीक्षा खनाल र स्वयम् गायक आयुष्मान बिस्टको अभिनय रहेको छ ।

सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गर्नुभएको हो । विकाश दाहालको सम्पादन रहेको भिडियो अनुप चापागाईले निर्देशन गर्नुभएको हो ।

Back to top button