आज नेपाली हलहरुमा दुई नयाँ फिल्म रिलिज

काठमाडौं । आज नेपाली हलहरुमा दुई नयाँ फिल्म रिलिज भएका छन् । यी दुबै फिल्ममा बलिउडका दुई ठूला स्टारकास्ट छन् र दुबैको जनरा एक्सन ड्रामा रहेको छ ।

सलमान खान फिल्मसको ‘अन्तिमः द फाइनल ट्रुथ’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’ रहेको छ । जोनको फिल्म बिहीबार नै नेपाल र भारतमा प्रदर्शनमा आएको हो ।

मराठी फिल्म ‘मुल्सी पार्टन’को रिमेक रहेको सलमानको फिल्म ‘अन्तिम’मा सलमानसहित आयुश शर्मा र महिमा मकवानाको मुख्य भूमिका रहेको छ ।

शिख प्रहरी अधिकृत सलमान र ग्याङस्टर आयुशको कथा वरपर घुम्ने उक्त फिल्मले अपराधको कारण किसानहरुले भोग्नुपरेको दारुण अवस्थालाई चित्रण गर्छ । महेश मञ्जेरकरले फिल्मलाई निर्देशन गर्नुभएको हो ।

टी सिरिज र एमे इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म सत्यमेव जयतेको दोस्रो सिक्वेलमा जोनसहित दिव्या खोसला कुमारको मूख्य भूमिका रहेको छ । अन्याय र शक्तिको दुरुपयोगविरुद्धको कथा फिल्ममा समाबेश गरिएको छ । जोनले यस फिल्ममा तेहेरो भूमिका निर्वाह गर्नुभएको छ।

 

Back to top button