एमाले राष्ट्रिय महाधिवेशनको उदघाटनमा ६ जना नेताहरुको सम्बोधन

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा ६ जना नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
एमाले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गर्नु भएको छ ।

उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलिे मन्तब्य राख्ने एमालेले जनाएको छ ।
राप्रपा अध्यक्ष कमल थापा,लोसपा अध्यक्ष महन्थ ठाकुर ले सम्बोधन गर्नु भएको छ भने जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलको वाकि रहेको जनाइएको छ ।

एमालेबाट अलग भएर छुट्टै पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।

Back to top button