कोरोनाको नयाँ प्रजाति ‘ओमाइक्रोन’ अत्यधिक संक्रामक, सतर्क रहन विश्व स्वास्थ्य संगठनको आग्रह

विराटनगर । दक्षिण अफ्रिकामा भेटिएका कोरोना भाइरसको नयाँ प्रजातिको विश्व स्वास्थ्य संगठनले ओमाइक्रोन नाम दिएको छ । ओमाइक्रोन अत्यधिक संक्रामक भएकोले संसारभरिका सबै देशहरुलाई सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले अपिल गरेको हो ।

तीव्ररुपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएको सबैलाई सतकर्ता अपनाउन संगठनले अपिल गरेको छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त ओमाइक्रोन कोरोना पुष्टि भएको डब्लुएचओले जनाएको छ । नेपालसँगको सीधा हवाइ उडान रहेको हङकङमा ओमाइक्रोनको संक्रमण पुष्टि भएकोले नेपाल अत्यधिक जोखिममा रहेको छ ।

बोत्स्वाना, हङकङ, बेल्जियम र इजरायलमा समेत ओमाइक्रोनको संक्रमण पुष्टि भैसकेको छ । भारत, अमेरिका, बेलायतसहित केही युरोपेली मुलुकहरुले दक्षिण अफ्रिका र संक्रमण पुष्टि भएका मुलुकका उडानहरुमा रोक तथा कडाइ गरेका छन् ।

Back to top button