बस दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट रुकुम पश्चिमको राडिबजार जाँदै गरेको यात्रु बाहक बस आइतबार बिहान जाजरकोटको कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते हुनु भएको हो । घाइतेहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ना६ख २७५७ नम्बरको रात्री बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Back to top button