माओवादीबाट आएका चार नेताको बैठक, तीन पदाधिकारी दाबी गर्ने निर्णय

सौराहा । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै जिम्मेवारी सुम्पेपछि माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुले पदाधिकारीमा तीन पद दावी गर्ने हुनुभएको छ ।

महाधिवेशनको बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका चार नेताको बेग्लै बैठक बसेर तीन पदाधिकारीमा दाबी गर्ने निर्णय लिएको हो । उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि माओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न जानुभएको छ ।

होटल सेभेनस्टार होटेलमा रामबहादुर थापाबाहेक टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थपा र प्रभु साहको बैठक बसेको थियो । उपाध्यक्षमा बादल, उपमहासचिवमा रायमाझी र सचिवमा भट्टको प्रस्ताव गरिएको बताइएको छ ।आज मनोनयन गर्ने कार्यक्रम तय भएपनि अहिलेसम्म प्रकृया अघि बढेको छैन ।

Back to top button