प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राइको गायिका रचना रिमाल संग ‘वान साईटेड लभ’

बेलडाँगी, झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले एक कार्यक्रमकोबिच गायिका रचना रिमाल सँग वान साईटेड लभ परेको बताउनुभएको छ ।

झापाको भुटानी शरणार्थी शिविर बेलडाँगी –२ मा रहेको वृद्ध दिवा सेवा, मेरो डान्स कप (यूएसए) र मेरो भ्वाइस कप (यूएसए)को समुद्‌घाटनको गर्दै मन्तव्यको क्रममा राईले यस्तो बताउनुभएको हो ।

शनिबार आयोजित समारोहमा उहाँले कलाकारहरूलाई पनि नजिकबाट चिनेको र विशेष गरी रचना रिमाललाई वान साईटेड लभ गर्दै पछ्याइरहेको बताउनुभएको हो । मुख्यमन्त्रीले त्यसो भनिरहँदा उपस्थितहरुमा हाँसो छाएको थियो ।

कार्यक्रममा एक दर्जन भन्दा बढी नेपाली नायकदेखि गायकसम्मको उपस्थिति थियो । नायकहरू रमित ढुङ्गाना, दिलीप रायमाझी, सन्जीव भण्डारी, नायिकाहरु केकी अधिकारी, वर्षा रावत, वर्षा बस्नेतलगायतका चर्चित अनुहारको उपस्थिति थियो ।

लोक गायक प्रेमराजा महत, गायक – गायिका प्रमोद खरेल, निशान भट्टराई, रचना रिमाल, अस्मिता अधिकारी , प्रवीण भेटवाल , नृत्यकार करिष्मा ढकाल , शंकर विसी , मोडल ऋचा थापालगायतको उपस्थिति थियो।

यस्तै भ्वाइस अफ नेपाल बाट उदाएकी नवगायिका सन्जु मोक्तानले ‘लाखौं हजार….’ बोलको गीतलाई दर्शकहरूले वान्स मोर लगाएका थिए ।

त्यस्तै, ३ दशक भन्दा अघिको लोकप्रिय गीत बाँझो खेतमा छड्के सलाम छ….. गाएर लोकगायक प्रेमराजा महतले दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनुभएको थियो भने उहाँले ‘पानको पात… ” बोलको गीत पस्किरहदा मुख्यमन्त्री राजेन्द्र राईसँगै नायिकाहरू केकी अधिकारी, वर्षा रावत र वर्षा बस्नेत , हाँस्यकलाकार सन्दीप क्षेत्रीले कम्मर मर्काई –मर्काई नाँच्दा माहौल तातिएको थियो ।

ईन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित कार्यक्रममा झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका सबै वृद्ध– वृद्धालाई ५ हजारका दरले मासिक भत्ता आजीवन उपलव्ध गराउने सोहि अवसरमा फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उहाँले भवन निर्माणमा लगभग ८० लाख रुपैयाँ लगानी भएको बताउनुभयो ।

Back to top button