यस्तो छ, नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशनको मतदान केन्द्र

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मोरङमा नेतृत्व चयनका लागि मतदान जारी छ । बिहान ९ बजे देखी शुरु भएको मतदान प्रकृया अपरान्ह ४ बजेसम्म हुने छ । ३ हजार ५ सय ८५ मतदाता रहेका छन् ।

विराटनगरको मनास्लु होटलमा भइरहेको मतदानका लागि मतदाता ओसार्न भारतीय गाडिको प्रयोग गरीएको छ । गाँउ गाँउमा गएर आ–आफना पक्षका उमेदवारहरुलाई भारतीय नम्बर प्लेटका गाडिको प्रयोग गरेर ल्याइएको भेटिएको छ ।

यस्तै जिल्ला सह–सचिव भुवनेश्वर मण्डल राजवंशीले भने सन्थाल नाचमा बजाइने बाजाको प्रयोग गरेर मतदतालाई आफुप्रति आकर्षित गरिरहनुभएको छ । राजवंशी समुदायका युवाहरुले सन्थाल नाचसहित मण्डलको लागि मत मागिरहेका देखिन्छ ।

यस्तै खानेपानीको बोतलमा समेत उम्मेदवारहरुले आफनो फोटो प्रयोग गरेर प्रचार गरिरहेका छन् । तीन नेताहरु मतदानका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । वहालवाला सभापति डिक बहादुर लिम्बु, पूर्व उपसभापति दिलिप गच्छदार र पुर्वसचिव यदु बिष्ट सभापतिका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

उम्मेदवारहरु मतदान स्थलमा प्रतिनिधिहरुसँग नमस्ते गर्दै भोट मागिरहेको देखिन्छ । अधिवेशनका कारण कार्यकर्ताहरुले भिडले राजमार्गमा सवारीसाधन सञ्चालनमा समेत अवरोध पुगेको छ । सडक अवरोध हटाउँदै सवारी साधन सञ्चालन गराउन ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको देखिन्छ ।

Back to top button