सर्लाहीको बरहथवामा आमा र दुई बच्चा मृत फेला

सर्लाही । सर्लाहीको बरहथवामा आमा र दुई बच्चा मृत फेला परेका छन् । बरहथवा नगरपालिका–१, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आज मृत फेला परेका हुन्।

महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिहानै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ।

श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पोष्टमार्टम रिपोर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ।

Back to top button