एनआईसी एसिया बैंकलाई आईएसओ २७००१ः२०१३ प्रमाणपत्र

काठमाडौं । एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं अन्तर्राष्ट्रिय अर्गनाइजेन अफ स्टान्डर्डाइज (आईएसओ) बाट मान्यता प्राप्त आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै आईएसओ २७००१ः२०१३ मापदण्डको आवश्यकताअनुसार यस बैंकले आफ्ना ग्राहक महानुभावहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाएवापत बैंकलाई क्वालिटी अस्ट्रियासँग आबद्ध सर्टिफिकेसन एण्ड इन्फरमेसन सेक्युरिटी सर्भिसेसले उक्त प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो।

उक्त उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ।

बैंकले मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Back to top button